भिमसेनथापा गाउँपालिका
विद्युतीय न्याय व्यवस्थापन प्रणाली
(इजलास)

सूचना

  • न्यायिक समितिको अधिकारक्षेत्रः न्यायिक समितिको देहायका विवादको निरुपण गर्ने अधिकार हुनेछ
  • (क) आलीधुर,बांध पैनी, कुलो वा पानीघाटको बाडफाड तथा उपयोग,
  • (ख) अर्काको बालि नोक्सानी गरेको ,
  • (ग) चरन, घांस, दाउरा
  • (घ)ज्याला मजुरी नदिएको
  • (ङ) घरपालुवा पशुपक्षक्षी हराएको वा पाएको ,
  • (च) जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको
  • (छ) नाबालक छोरा छोरी वा पति-पत्निलाई इज्जता आमद अनुसार खान लाउन वा शिक्षा दीक्षा नदिएको,
  • (ज) बार्षिक पच्चीस लाख रुपैयाँसम्मको बिगो भएको घर बहाल र घर बहाल सुविधा,
  • (झ) अन्य व्यक्तिको घर, जग्गा वा सम्पतिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,
  • (ञ) आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्ग वा सार्बजनिक बाटोमा पानी झारेको,
  • (ट) सँधियारको जग्गा तर्फ झयाल राखी घर बनाउनु पर्दा कानुन बमोजिम छोड्नु पर्ने परिमाण्को जग्गा नछोडी बनाएको,
  • (ठ) कसैको हक वा स्वामित्वमा भए पनि परापुर्बदेखि सार्बजनिक रुपमा प्रयोग हुदै आएको बाटो, बस्तुभाउ चराउने चौर, कुलो, नहर, पोखेरी, पाटी पौवा, अन्त्यष्टि स्थल, धार्मिक स्थल, वा अन्य कुनै सार्बजनिक स्थलको उपयोग गर्न नदीएको वा बाधा पुर्याएको,
  • (ड) सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरुपण हुने अनी तोकेको अन्य विवाद
  • २ . न्यायिक समितिलाई देहायका विवादहरुमा मेलमिलपको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार हुनेछः
  • (क) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक एकाको हकको जग्गा अर्कोको चापी, मिची वा घुसाई खाएको,
  • (ख) सरकारी, सार्बजनिक वा सामुदायिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको,

हाम्रो बारेमा

         इजलास काठमाडौँ महानगरपालिकाको विवाद निरुपण गर्ने विद्युतीय प्रणाली हो । स्थानीय विवाद समाधान गर्न नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन र काठमाडौं महानगरपालिका विवाद निरुपण कार्यविधि ऐन, २०७५ ले तोकेवमोजिमका विवादहरुमा तोकिएको प्रक्रिया पुरा गरि विवाद निरुपण गर्ने गरिन्छ । विवाद समाधान छिटो, छरितो र प्रभावकारी रुपमा गर्न यो इजलास लागु भएको छ । 

यस प्रणालीका विवादका पक्षहरुलाई न्याय प्राप्त गर्न तथा कार्यालयको तर्फवाट न्याय सम्पादन गर्न सजिलो हुनेछ । सकेसम्म विवादलाई मेलमिलापवाट समाधान गर्ने र निणर्य प्रक्रियालाई शिघ्र वनाउने उद्धेश्यले यो प्रणाली लागु गरिएको छ। 

न्यायिक समिति, प्रमुख र प्रमुख प्रशासकीय अघिकृत तहवाट विवाद निरुपण गर्न कानुनले ताेकेको विवाद प्रक्रिया र कार्यविधि अवलम्बन गरि सुचना प्रविधिको उच्चतम उपयोग गरि विवाद निरुपण गरिए पछि महानगरवासीमा काठमाडौं महानगरपालिकाको काम कारवाही प्रति थप विश्वास वढ्ने गरि न्याय प्राप्ती र सन्तुष्टि स्तरमा समेत वृद्दी हुने अपेक्षा गरिएको 

सरल, सहज र प्रभावकारि न्याय समाधानमा इजलास नामक अनलाईन पद्दति सुचना प्रविधिमा आधारीत नविन छ गुणात्मक रहने विश्वास छ ।